पसिना बोकेर अनि देशको खजना बोकेर || उडेको छ खाडि तिर जहाज सपना बोकेर
©प्रमोद ठगुन्ना "प्रयुश"
√बैतडी
पसिना बोकेर अनि देशको खजना बोकेर
उडेको छ खाडि तिर जहाज सपना बोकेर
प्रेमले मात्र देशभित्र चलेन मेरो परिवार भनी
गयो प्रवास ऊ धन कमाउने सम्भाबना बोकेर
जब एक युवा प्रेमको प्रस्ताव गर्छ यूवतीलाई
निर्णय सून्न धाईरहनू पर्छ प्रस्तावना बोकेर
तिमिले त राम्रो भेट्टायौँ, फर्कि नहेरि गयौँँ
अझै तिम्रा यादहरु आउछन सम्झना बोकेर
©प्रमोद ठगुन्ना "प्रयुश"
√बैतडी
कस्तो लाग्यो प्रतिक्रिया पाऊँ🙏🏾
ReplyDelete