नेपाली कविता || बेश्या || पुस्पा जोशी "काली"
📝 पुस्पा जोशी "काली"
धनगढी
बेश्या
हरेक रात
मेरो शरिरको
नापतौल हुन्छ
मूल्य तोकिन्छ
मेरो शरीर बेचिन्छ
अनि,मेरो
न्वारन पनि गरिन्छ
नाम राखिन्छ
बेश्या
प्रत्येक दिन
मेरो न्वारन हुन्छ
नाम तेहि जुर्छ
बेश्या
ग्रह,दशा,नक्षत्र
कहिल्यै बद्लिदैनन
प्रत्येक दिन
नाम बेश्या नै हुन्छ
अब त
मेरो नाम राख्ने
पन्डितलाइ नि
सजिलो भैसक्यो
जति न्वारन गरे नि
नाम तेहि
बेश्या
सायद
पन्डितलाइ त्यो नाम
कन्ठ भैसकेको हुनुपर्छ
र त
उनलाइ
मेरो नाम राख्न
केही सोच्नु पर्दैन
किन कि
ग्रह,दशा,नक्षत्र
सब पन्डितले चाहे जसरी नै चल्छन
नत्र भने
मेरो नाम
अरु पनि त
जुर्न सक्थ्यो?
बारम्बार तेहि नाम
कसरी दोहोरिन्थ्यो?
मेरो नाम
बेश्या राख्ने
तिनै पन्डितहरु
हरेक रात्री
आफ्नो यौन तिर्खा मेटाउन
मेरो ओछ्यान नै रोज्छन
मेरो शरीर सङ्ग लडिबुडी खेल्छन
मलाइ नग्न बनाउछन
मानौ
म कुनै खेलौना हो
चिल्ला गाडिमा आउछन
तिर्खा मेटाउछन जान्छन उनिहरुको
समाजमा मान,इज्जत,प्रतिस्ठा छ
उनिहरु
यो समाजका
सभ्य ,भलाद्मी
मान्छे अरे
अनि ,
म
बेश्या
मलाइ बेश्या भन्नेेहरु नै ठुला ठुला
सभा,सेमिनारमा गएर
आदर्शका नारा घन्काउछन
महिला जागरणका कुरा गर्छन
तेति मात्र हो र
नारिलाइ देबिको उपाधी समेत दिन पछि पर्दैनन
तिनै मिथ्या भासण फलाक्नु अधि आफैले
देबिको उपाधी दिएकी
नारिको शरिरको मूल्य तोकेर आउछन
हो म बेश्या हु
नामै काफी छ
बेश्या
न कुनै लाज
न कुनै सरम
किन लाज ,सरम होस त मलाइ?
हरेक रात
तिमिहरु जस्ता ब्वासाहरु आएर मलाइ नङ्याउछौ
अनि मैले
लाज सरम पनि मान्नु पर्ने?
नाङ्गिसकेकी मलाइ
के को लाज
के को सरम?
मलाइ नङ्याउन
तिमिलाइ त लाज ,सरम हुनुपर्ने होइन र?
नाङ्गिएकी बेश्याको अगाडि आफू पनि
नाङ्गिएको कसरी भुल्छौ तिमी?
हो म
बेस्या हु
तर
एक दिन
यहि बेश्याले
आफ्ना
जिबनका भोगाइहरुलाइ
आफ्ना मनभित्र कुन्ठित भावनाहरुलाइ
कुनै कोरा कागजमा
उतार्ने हो भने
म दावाका साथ भन्छु
यो समाजका
हरेक पुरुष
ती कागचमा उतारेका
मेरा शब्दहरुलाइ
पढ्न नसकेर मर्नेछन
पुरुष भएको
आत्मग्लानिले छ्हट्पटाउनेछन
समाजबाट
हरेक छोरिको
अस्तित्व नै
मेटिनेछ
हो म बेश्या हु
तर
तेहि बेश्याको
सामु आएर
नाङ्गिएर
उसैसङ्ग रात बिताउने
तिमी चाहिँ को?
मेरो पहिचान
बेश्या हो भने
तिम्रो पहिचान के?
मलाइ बेश्या बनाउने को?
पुस्पा जोशी " काली " धनगढी ,कैलाली
२०७४/१०/११
Source: Puspa josi's Facebook
Comments
Post a Comment