बलत्कारको कारण : पहिरन की सोचाइ???
सुरुवातनै कसरी गरौ शब्दनै आइरहेका छैनन, किनकी जुन बिषयमा म आज कलम चलाऊदै छु - त्यसले मलाइ म पुरुषहुनुमा नै लज्जा बोध गराएको छ।
बलत्कार...!!!
के पुरुष हुनुनै बलत्कारी हुनु हो र? होइन भने पुरुष भन्दा बलत्कारी किन बढि रहेका छन त? तपाइ पुरूष, बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ? के बलत्कार गर्नुनै पुरुषार्थ सम्झिनु हुदै हुनुहुन्छ? यि प्रश्न जब म आफैलाइ गर्छु पुरुष भएर जन्मिनु नै पाप गरेछु जस्तो लाग्छ। मलाइ मात्र होईन यो ति सब्बै पुरुषहरुलाइ लाग्छ, जो पुरूष भएर जन्मिएर मात्रै समाजको सोचमा बलत्कारीको उपमा भेर्न बाध्य भएका छन, कारण केहि पुरुष रुपि राक्षस बलत्कारीहरूले पुरुष शब्दकोनै बदनाम गरिदिए।
तपाइलाइ लाग्ला सब्बैलाइ एकै किन सोच्छन त महिलाहरु ? हामिले त गरेका छैनौ? तपाइले एउटा उखान त सुन्नु भएकै होला, "अगुल्टाले हानेको कुकुर, बिजुली देख्दा नी चम्किन्छ।" बलत्कार गर्ने पुरुष, हामि पनि पुरुष अनि कुन पुरुषले कति बेला के गर्छ के थाहा त, कसरी चिन्ने? पिडित हरुले यस्ता घटनाहरु पनि भोगि सके कि आफ्नै, ससुरा, श्रिमान आफन्त बाटै बलत्कार हुन्छन, कलिलो १५ बर्ष भन्दा तलका बालिकाहरूनै बलात्कृत हुन थाले भने अब भन्नुस उनिहरुले कस्को मान्ने त बिश्वास? कसरी मान्लान र बिश्वास सोचौ त?
के अब हामि पुरुशहरुले यो पुरूष शब्दमा लागेको दाग नहटाउने त? कि समस्या पर्ने महिलाहरूलाइ हो, गलत गर्ने अरुनै हुन, मलाइ के मतलब छ र भनेर बलत्कारीको दाग लागेको पुरुश शब्दनै टाउकोमा भिरेर समाजको सोचमा बलत्कारी भएर बस्ने? सब्बै पुरुष बलत्कारी होइनन, बलत्कारी मानवनै होइन भनेर प्रमाणित गर्नै पर्ने बेला आएको छ। अब आवाज हामि पनि उठाऊ मिलेर बलत्कार शब्दनै समाज बाट हटाऔँ। तपाइ आत्मसमिक्षा गर्नुस म अगाडि बढ्छु।
अहिले हाम्रो देशमा, समाजमा दिनहु यौन हिँसा तथा बलत्कार जस्ता जघन्य, कुकृत्य घटनाहरु दिनानु दिन, दिन दुइ गुना रात चौगुनाका दरले बढिरहेका छन। एक तथ्याँङ्क अनुसार देशमा दैनिक ६ जना भन्दा बढि बलत्कारको शिकार भैरहेका छन। जस्मा कलिला बालिकाहरु पनी शिकार भईरहेका छन। कुनै महिलालाइ कुनै पनि यौन हिँसा, बलात्कार तथा जबरजस्तीकरणी गर्न नेपालको सम्बिँधानले गैरकानुनि मान्छ र कडा भन्दा कडा सजायको समेत व्यवस्था गरेको छ तर पनि आखिर किन बढिरहेका छन त यस्ता घटना ? केहि कारणहरु र मेरो बिचारमा तिनको यथार्थ वृतचित्र तल वर्णन गरेको छु।
महिलाहरुमाथी हुने यौन हिँसाको प्रमुख कारण भनेको "पहिले देखि चलिआएको पुरुष प्रधान समाजमा अहिले हामिले लडिरहेको समानताको लडाई" हो। हाम्रो पुरूष प्रधान समाजमा पुरूषलाइ जहिल्लै पनि माथिनै राखेर हिड्यो। त्यो समाजले महिलाका लागी मर्यादाहरू खडा गर्यो तर पुरूषलाइ आफ्नो मर्यादा कहिल्लै सिकाएन। पुरूषले जे गर्यो तेहि सहि हुने तर महिलाको लागी सहि-गलत पनि पुरुशले छुट्याउन पर्ने। कारण - पुरुशले महिलाहरूलाइ आफ्नो बशमा राख्न मात्रै पुरुषार्थ र मर्दाँगी सम्झे अनि त्यहि परम्परालाइ समाजले अगाडि बढायो र त्यहि सिक्दै आयौँ तर समिक्षा कहिल्लै गरेनौँ। समाज बदल्यौ भनिउ, देश बदलेउ भनिऊ र बदेलेउ पनि तर सोच भने कहिल्लै बदलेनौ। भौतिक्तामा कयौँ परिवर्तन ल्यायौँ होला तर सोच भने सँकृणको सँकृणनै रह्यो। अहिले पनि कुनै केटि एक्लै बाहिर हिड्छे भने, राति अबेर सम्म घर फर्किदैन भने, कोहि केटासँग सँगै हिडेको कुरा गरेको देख्यौ भने मात्रै पनि सिधै क्यारेक्टरमाथि प्रश्न उठाऊने यो समाजले, कुनै केटाले राती राती चुरोट, लागु पदार्थ खाएर बाईक कुदाएर हिड्दा, दैनिक कयौँ केटिहरूलाइ फकाई,फुलाइ प्रेमको नाटक गरेर, प्रेमिका बदलि बदलि हिड्दा पनि कहिल्लै प्रश्न उठाएन। एउटा केटाले बजारमा साथिहरु सँग हिड्दा केटि जिस्काएन भने मात्रै त्यो लाइ ति साथीहरूले छक्काको सँज्ञा दिनेगर्छन, कस्तो सोच हो यो हाम्रो? छोरिलाइ बाहिर निस्किदा कयौँ प्रश्न तेर्स्याएर र्याखर्याख्ती पार्ने अभिभावकले कहिल्लै छोरा किन ढिलो आएको?, कहा थिईश?, के गर्दैछस? भनेर प्रश्न सम्म गर्न भ्याएनन। छोरिलाइ तिमि हाम्रो घरको ईज्जत हौ ईज्जत र मर्यादामा बस भन्ने आमा-बुवाले छोरालाइ अर्काको घरको ईज्जतलाइ सम्मान गर है भनेर कहिल्लै सिकाएनन, बरु छोरा हो नी मर्द हो, जे गरे नि के छ र भन्दै बचाऊन खोजे, र मानसिकतानै त्यस्तै बस्यो। न त समाजले मर्यादा सिकाउनमा कडाई गर्यो न त अभिभावकले नै गरे। कारण जो लाइ जेगरे पनि हुन्छ मैले त, मलाइ रोक्ने, टोक्ने को छ र भन्ने मानसिकता बढ्दै गयो र तिनको सोचले समाजमा बलात्कार जस्ता जघन्य घटना घटाऊन पनि बाध्य बनायो। समाजमा कोइ पुरुशले बलत्कारको प्रयास गर्यो अनि त्यो घटना बाहिर आयो भने पनि मिलाऊन खोज्छ यो समाज अनि त्यस्ता मान्छेलाइ समाजमानै पर्सय मिल्छ भने यस्ता घटना नघटे के घट्छन त? अनि म त सिधै भन्छु - बलत्कारी जन्माउनेनै हाम्रो समाज हो।
हो, छोरि मान्छेले समाजमा हिड्दा कयौँ आधारभूत मर्यादा भने पुरा गरेरै हिड्नु पर्छ, जुन प्रकृतिलेनै तय गरेर जिम्मा दिएका छन त्यो बाट कदापि पछि हट्न र पन्छिन पाइन्न नत्र त्यसको असर आफैले भोग्नु पर्छ कोहि जिम्मेवार हुदैनन। लहलह्यमा लागेर आफ्नो मर्यादानै बिर्षेर समाजमा हिड्दा अपराधीहरुका लागी त सुनमा सुगन्ध मिसाए जस्तै हुन्छ नी, यत्ति त गर्नै पर्छ नी छोरिमान्छेले पनी। यसो भनिरहदा छोरामान्छेका यो समाजमा कुनै मर्यादा नै छैनन र?? किन यो समाज छोरा मान्छेका लागी मर्यादा नै राख्दैन? प्रकृतिले सुरुमै बनाएका मर्यादा पनि किन तोडेर बसेको छ त समाज? प्रश्न उठ्छ के छोरिहरु मान्छे मर्यादा भित्र बसेका छन त अचेल?- छैनन। मलाइ लाग्छ, त्यसको कारण पनि समाजनै हो। मुखले सधै महिला पुरुश बराबर हुन भनेर नारा लगाऊने तर सोच अनि व्यवहारमा भने कहिल्लै लागु भएन कारण महिला पुरुष साच्चिक्कै बराबर हुन भने पुरूषले गर्ने कृयाकलाप हामिले किन नगर्ने हामि कम छौ र हामि पनि सक्छौ भन्ने मानसिकताले छोरिमान्छेलाइ प्रभावित बनायो र केटामान्छेले गर्ने सहि गलत, मर्यादित, अमर्यादित कामनै नछुट्याई, आफ्नो मर्यादा समेत भुलेर प्रतिशप्रधामा उत्रिए र परिणाम यस्तो गलत आयो। सहि गलत नछुट्याइ बराबरीको प्रतिशप्रधा गर्नु छोरी मान्छेको गल्ति थियो भने गलत बाटो देखाउन र पछि त्यस्को गलत फाइदा समेत उठाऊने छोरा मान्छेको गल्ति छैन र? प्रश्नको उत्तर खोज्न जरुरी छ। यदि समाजमा छोरा मान्छे र छोरि मान्छे प्रकृतिलेनै तय गरेका न्युनतम सामाजिक मर्यादामा बस्ने हो भने मात्रै पनि यस्ता घटना नै घट्ने थिएनन होला। र यस्को लागी समाज रुपान्तरण हुनु, जागरूक हुन र शिक्षित हुन आवश्यक छ। यस्को लागी पनि हामि शिक्षित युवालेनै जिम्मेवारी लिने बेला आएको छ, यस्मा लागौ न त हैँ।
धेरै ठाउमा सुन्छु महिलाको पहिरनले पनि बलात्कारका घटनाहरु घट्नमा भुमिका खेलिरहेको छ। म तपाइलाइ एउटा प्रश्न सोध्छु? - कन्चनपुरकि 11 बर्षिय बालिकाको बलात्कार पछि हत्या पहिरनको कारणले भएको हो र? बझाङकी बालिका सम्झना बि.क.को बलत्कार पछि हत्या पहिरनको कारणले भएको हो? यस्ता कयौँ उदाहरण छन। बालिकाहरुको पहिरनले के भुमिका खेलेको थियो र यि घटना घटाउनमा। एक पटक सोच्नुस न- यि नाबालिकाहरुको के दोश थियो? यिनि साना बालिकाहरुले कति छोटा कपडा लगाएका होलान र ? यिनिहरुलाइ बलात्कार गर्ने सोच आयो ति बलत्कारी मा? तपाइमा गलत सोच आऊछ भनेर के अब पहिरन पनि तपाइलाइ सोधेर लगाएर हिड्नु पर्ने हो र कारण के हो त ? तपाइको सोच तपाइ परिवर्तन गर्नुस न अरूलाइ के दोश दिनु हुन्छ?
Six pack fitness को नाममा छातिनै खोलेर समाजमा हिड्दा एउटा केटालाइ हिरोको भनेर कुरा गर्छौ भने उनिहरुको पहिरनमा किन आँखा लगाऊने। यसो भनिरहदा केटिहरूले नाँगै हिड्दा हुन्छ र हाम्रो सँस्कार नमाने पनि हुन्छ भनेको होइन। हाम्रो समाजमा बसेर हाम्रै समाजको सँस्कारमा नमाने त केहि औचित्य भएन। छोरिमान्छेले समाजमा निश्चित मर्यादा भित्र रहेर बस्नै पर्छ। र त्यस्को ख्याल हरेक पल हुनु पर्छ । यसो भन्दा छोरामान्छेले मर्यादामा बस्नै हुन्न भन्ने त होईननी। छोरामान्छेका पनि मर्यादाहरु छन। तिनिहरु भित्र बस्नु पर्छ। अहिले स्वतन्त्र भएर बाच्न पाउने अधिकार जो कोहि सँग पनि भएको हुदा उहाहरूको स्वतंत्रताको पनि सम्मान हामिले गर्नै पर्छ। आफ्नो ईज्जतमा बसेर जस्तो सुकै पहिरन लगाऊन त्यो तिनिहरुको अधिकारको कुरा हो। र एउटा कुरा कारण जुनसुकै किन नहोस तर एउटा छोरीलाइ बलत्कार गर्ने अधिकार कसैलाइ छैन, स्मरण रहोस।
युरोपीयन मुलुकहरु बाट कहिल्लै बलत्कार पछि हत्या भयो अर्थात बलत्कार पछि एक महिला समाजमा मुख देखाऊन नसक्ने भईन समाजले बहिष्कार गर्यो भन्ने सामाचार कहिल्लै सुनिन्नन। त्यहाँ पहिरननै हेरेर बलत्कार हुने थिए भने कस्तो हालत हून्थ्यो होला सोच्नूस न त? त्यहाँ बलत्कार गर्नु पर्छ भन्ने जस्ता नेगेटिभ सोचनै छैनन, अपराधीलाइ सरकारले कार्वाही गर्छ र दण्ड भोग्छ र पिडितले न्याय पाँऊछ। यस्ता घटनामा समाजले मतलबनै राख्दैन तर हाम्रो समाजको सोच कस्तो भयो भने यहि समाजभित्र त्यस्ता कुकृत्य हुने, यही समाजले गर्ने र यहि समाजले त्यसलाई बहिष्कार गर्ने ? न त उजुरी गर्दा सरकारले समयमा न्यायनै दिन्छ, न त समाजलेनै स्विकार्छ। अनि कसरी बाच्ने त पिडितले।
यसो भनि रहदा मैले युरोपीयन मुलूकहरुको सँस्कारनै नेपालमा भित्र्याऊन पर्छ भनेको होईन, त्यो सम्भव छैन तर त्यहाको पोजिटिव सोचलाइ हामि हाम्रो समाज र सँस्कारमा प्रयोग गरौँ त, कस्तो सभ्य बन्छ हाम्रो समाज। यसो भनिरहदा पुरानै समाज रहिरहनु पर्छ बिकास हुननै पर्दैन भन्ने वकालत गरेको पनि हुदै होईन । बिकाष अनि आधुनिकता त निरन्तर चलिरहने प्रकृया हो र यो चलिरहन पर्छ। नत्र हामि त्यहि ढुङ्गे युगमै रहिरहने थियौ। मान्छेले गरेको बिकासले नै आज हामि यति सक्षम र बद्धिमान कहलिन्छौ र ब्रमाण्डमा कति कति मानव जिवन उपयोगी आविष्कार गरिसकेका छौ। र यो निरन्तर भईरहन्छ। यसरी हामि आधुनिकतामा रमाइ रहदा हाम्रो सोचाइमा पनि बिकाष हुन पर्छ भन्ने हो। सोच फराकिलो बनाऊदै लानु पर्छ। तर हामि समाजीक प्राणी भएर, समाजमा बस्नु पर्ने हुदा मनपरि गर्न मिल्दैन त्यसकारण फराकिलो सोच बनाउदा आफु बसेको समाज सँस्कारलाइ ध्यान राख्नु पर्ने हुन्छ। गलत कुरालाइ समाजबाट हटाउने र राम्रो कुरा अगाल्ने पनी हाम्रो दायित्व हो। किनकी समाज भनेका नै हामि हौँ र हामि सभ्य भए समाज आफै सभ्य हुन्छ। हामिले देखेका सम्पन्न मुलुकहरू पनि आफ्नो पोजिटिव सोचकै कारणले त्यहा पुगेका हुन तर हामि भने आफ्नै समाज मिलाउन, सभ्य बनाउन सकिरहेका छैनौ। बलात्कार, हत्या हिँसा, ठगिमै रुमलिरहेका छौ र पोजीटिव सोच कसरी पलाओस त नेगेटिभिटिमै रुमल्लिरहेका बेला।
त्यसकारण हरेक कुरा मान्छेको सोचमा भर पर्छन, मान्छे हरेक परिस्थितिमा कसरी सोच्छ त्यसरीनै त्यस्को परिणाम आऊछ। छोरिमान्छेले एकदमै छोटो पहिरन लगाएको देख्दा यस्लाई बलात्कार गर्नु परो हैँ अब भनेर सोच्नुको सट्टा मतलबनै नगरि हिड्दिए के भयो र, के थाहा अर्को दिन एति छोटो लगाउन राम्रो रहेनछ भन्ने सोच आएर राम्रो पहिरनमा पो आउछिन की। जोश, जागर, ईमोशन हरेक सँग हुन्छ। त्योलाइ कसरी कन्ट्रोल गर्ने, कसरी सहि ठाउमा प्रयोग गर्ने की अर्काको जिन्दगी बर्वाद गर्नमा प्रयोग गर्ने भन्ने मान्छे स्वयमँमा भर पर्ने कुरा हो। सकारात्मक कुरा जे पनि सोच्नु हुन्छ त्यस्को परिणाम सकारात्मक नै आऊछ। यस्को मतलब सकारात्मक भनेर गलत कुरालाइ पनि प्रोत्साहित गर्नु पर्छ भन्ने होईन, त्यत्ती त छुट्याऊन त सक्नु पर्छ नी। त्यसैले अरुको पहिरन भन्दा पहिले आफ्नो सोच बदलौ, दुनिया आफै बदलिनेछ।
यस्तो सोचको लागी शिक्षा महत्वपूर्ण हो। हामिले बर्षौ देखि लाजको रुपमा हेरेको यौन शिक्षा अब हामि सब्बैले बुझ्न जरुरी छ। जिवनको एक महत्वपूर्ण पाटोको रूपमा रहेको यौनलाइ हामिले व्यवस्थित गर्नु पर्छ र यौन प्रतीको गलत धारण हटाउनु पर्छ।
अन्तिममा बलात्कार जस्ता घटना कम गर्न सरकारको पनि उतिक्कै भुमिका रहन्छ। देशमा कयौँ बलात्कारका कुकृत्य घटना घट्दा पनि दोशीलाई कानुन कटघरामा ल्याऊन नसक्दा बलात्कारीहरु लाइ थप उत्साह मिलिरहेको छ। देशको कानुन व्यवस्था सुस्त द्रुस्त हुदा कानुनको डरले पनी यि घटना कमि आउनु पर्ने हो तर यस्मा नेपाल प्रहरी चुकेको देखिन्छ। अहिले सम्म पनी कानुनले कन्चनपुरकि 11 बर्षिय बालीका निर्मला पन्तको बलत्कारी हत्यारा कानुनको कटघरामा उभ्याऊन नसक्नु यस्को एक ज्वलन्त उदाहरण हो। अब देशमा बलात्कारीलाइ फासिको सजाय ल्याऊन जरुरी भएको छ अनि मात्र निर्मला पन्त , सम्झना बिक हरु बारबार जन्मिने छैनन। जब एक बलात्कारीलाइ फासिमा झुन्ड्याईने छ अनि मात्र यस्ता ब्यक्तिहरु यस्तो कुकृत्य कार्य गर्न नै डराउने छन। अरु नभए नी नाबालिकाहरुलाइ बलात्कार गर्नेलाइ त सिधै फासिमा झुण्याईनै पर्छ, यस्को लागी अब हामी सब्बैले आवाज उठाउने पो हो की? यदि होइन भने भबिष्यले अहिले हामि बाचिरहेको युगलाइ बल्तकारीको युग भनेर चिनिनेमा दुइ मत छैन।
नोटः मैले माथि प्रयोग गरेका शब्दहरु एक प्रबृत्तिको बारेमा लेखेको हुँ कसैले ब्यक्तीगत रुपमा नहेरि दिनु होला।
पढेर प्रतिक्रियाको आश गरेको छु। धन्यवाद।
Ramro Xa
ReplyDeleteali Dherai Lamo vyer sarsarti pade
good job Pramodji
Thankyou Dilshan g❤️ Man parema share garera aru samma ni pugai dinu hola❤️
DeleteRamro Xa
ReplyDeleteali Dherai Lamo vyer sarsarti pade
good job Pramodji
Thank you ❤️
DeleteWow really heart
ReplyDeletetouching ❤❤❤
Thank you so much, hjr lai man parema aru lai pani share gardinu holaa❤️❤️
DeleteYou are right
ReplyDelete