त्यो बेला साइकलमा झिलमिला पुग्दाको संघर्ष र आन्नद....।

Mr_Pramod24/Mahendranahar, Kanchanpur

 मिति २०७६ साउन ११ गते

एका बिहानै मोबाइल खेलाइ रहेको थिए म अनि बाहिर पानि परिरहेको थिए। महेन्द्रनगरको गर्मि केहि छिनलागी भए पनि पानिले कम महशूस गराइरहेको थियो।



त्यतिक्कैमा टुप्लुक्क भाइ रोहित कोठामा पुग्यो र भन्यो, "दाइ - आज मौसम चिसो अनि रमाइलो छ यार कतै जाऊँ न?" त्यति बेला पानि थाकेर आकाशमा बादललागेर मौसम अत्ति रोमान्टिक भइरहेको थियो।  तर कता जाने भन्ने टुँगोलागेको थिएन।



अनि मैले जाउ न भाइ के छ र, उसैमा म घुम्न खुब मन पराउने मान्छे बेला बेला एक्लै पनि हिडिराखेको हुन्थे। जाउ न त दाइ भन्दै त्यो खाटमा बस्यो र रमेश सँग free fire गेम खेल्न लाग्यो। जाउ भने पछि जाउ दाइ मात्र भन्ने तर नउठ्ने त्यस्तो गर्दा गर्दै १० बजि हाल्यो, त्या बाट न म नै तयार भए जानलाइ न त्यो नै।
करिव ११ बज्नै लागेको होला सायद मलाइ ब्रहदेव जाने मन लाग्यो। तेता एक पटक गएको पनि थिए अगाडी। महाकाली नदिको छेउ बाट तस्बीर हरु अत्ति राम्रा आऊथे, अनि अगाडी खिचेका सब्बै तस्बीर पनि उडेका थिए। त्या जाउ फोटो खिचौ भन्ने सोच आयो मलाइ फोटोग्राफी गर्न पनि अत्ति मन पर्छ।
भाइ रोहितलाइ भने जाऊ न भाइ भनेर त्यो पनि जाउन दाइ मात्र भन्थ्यो तर त्या गेम खेल्न बाट हल्लिदैन थ्यो म त्यो लाइ जाउ भन्दा भन्दै तयार भइसकेको थिए। केटाहरुको के छ र एउटा पाइन्ट, एउटा सर्ट झुन्ड्यायो शरिरमा अनि हिड्यो। अव तयार त भए जाने के मा त? किनकि त्यो दिन साइकल पन्चर भएको थियो। त्यसै बेला रोहितले भन्यो हजुर जानुस दाइ साइकलको पेन्चर बनाउनुस अनि म आउछु  सन्दिपलाइ लिएर। सन्दिप अर्को भाइ थियो। ल त्यसो भए हुन्छ भनेर म जुत्ता लगाएर घडि लगाएर हिडिहाले।



साइकल पसलमा करिव आधा घण्टामा पेन्चर  बनाएर म ब्रहमदेउ तिर लम्किए। तर फेरि मदन चौक पुगेर भाइ रोहितलाइ लिएर फोन गरे, "आउने होइनस ला"  "म सन्दिपलाइ लिएर आउछु दाइ अटोमा हजुर साइकलमा जानुस"। ल हुन्छ भनेर म हिडे माथि फेरि कुर्नलाइ भनेर बसपार्क निर  एउटा होटेलमा नास्ता गरे तर आएनन रोहिर र सन्दिप।
अव मलाइ रिश उठ्न थालेको थियो रोहित देखेर जान मन छैन भने किन जान्छू भनेको होला भनेर, ह्या गरोश भनेर मैले साईकलको गति बढाए ब्रह्मदेउ तिर।



करिव १ घण्टाको साइकल यात्रा पछि १२ बजे म ब्रह्मदेऊ पुगे तर बिहान रोमान्टिक कुल भएको मौसमले भने मलाइ ढाटि सकेको थियो। चटक्ट घाम लाग्न थाल्यो अनि गर्मि पनि बढ्न थाल्यो। तर पनि मलाइ त्यो रमणीय ठाउको तस्बीर लिन हतार भइसकेको थियो। साइकलमा ब्रह्मदेउ बजार पार गरेर म पुगे रमणीय महाकालि नदिको किनारमा । वाह! कस्तो सलल पानी बगिरहेको म मनमोहित भए र कति बेला मोबाइल खोलु र तस्बिर लिऊ भइसकेको थियो। तर घाम परेका कारण म पसिनाले भिज्नलागेको थियो तर त्यसको वास्ता केहि भएन म लागे तस्बिर लिन तिर, दुइ चार ओटा सेल्फि हाने। 








सेल्फि त हाने तर पुरा तस्बिर लिन सकिरहेको थिएन। त्यति बेला एउटा अर्को मान्छेको अभाव खड्कियो। रोहित देखेर फेरि रिश उठ्यो आइदिया भए पनि हुनेनी फोटो त खिचि दिन्थ्यो। तर त्यो आएको थिएन म एक्लै थिए त्यो पनि घुम्नलाई। अव मैले पुरा तस्बिर कसरि लिने उपाय सोच्न परेको थिए, भनिन्छ जहा ईच्छा त्यहा उपाय, मेरो इच्छाले उपाय खोजेरै छाड्यो। अनि साइकललाइ लिएर ठ्याक्कै सडकको किनारमा उब्भ्याए अनि मोबाइलको क्यामेराको टाइमर खोलेर साइकलमा मिलाए र आफु अगाडि गएर उब्भिए। यसरी हेर्दा त मेरो राम्रै फोटो आयो र म भने औधि खुसि भए अहिले त रोहित नआएकोमा पनि कुनै नराम्रो लागेन। 







नदिको पुरै किनार मन नभरिन्जेल सम्म एङ्गल एङ्गलबाट टन्नै तस्बिर लिए। तर गर्मि भने झनझन बढिरहेको थियो मलाइ भने फोटो खिच्ने नसामा त्यो गर्मिको कुनै प्रवाह भएन। यो सँगै दिउशोको २:३० बज्यो। अब त मलाइ पनि फोटो खिच्न भ्याइ सकेको थियो र भोक पनि लाग्न थाल्यो। त्यसैमा गर्मि भने बढ्दै बढ्दै गईरहेको थियो। म पनि पसिनाले पुरै भिजि सकेको थियो। 


















अब भयो भनेर साइकल लिएर म ब्रह्मदेऊ बजार तिर आए र नास्ता खानलाइ होटेल खोज्न थाले। त्यतिक्कैमा एउटा होटेलमा पँखा चलिरहेको देखे र त्यहि गएर बसे। अनि चिसो पानि मागे र त्यो खाए अनि अलिकति कुल फिल भयो। नास्ताको लागी चाउमिन अडर गरे। 



पृय पाठक वर्गहरु, म त्यहि बेलाको एउटा घटना सुनाउछु है। सुन्नु होला। तिन जना इन्डियनहरु पनि म सँगै त्यो होटेलमा बसेका थिए र तिनिहरु रक्सि पिउदैथिए। त्यहि बेला एक जनाले होटेलमा ऐना माथि टासिएको एउटा तस्बिर देखाउदै भन्यो, " भैया, ए नेपालका झण्डा हे क्या"?
मैले भने, नहि! ए नेपालका नहि सायद इग्लैण्डका हे। अनि मनमनै सोचे पडौसि देश भन्छन काम गर्न पनि नेपाल आएका छन तिनिहरुलाइ हाम्रो देशको झण्डा पनि थाहा छैन, मतलब गर्दैनन हामि भने हाम्रो देशको भन्दा बढि ज्ञान भारतको लिइराखेका हुन्छौ। दुख लाग्यो र फेरि सोधे ति इन्डियनहरु लाइ, आपने नेपालको झण्डा बि नहि देखा हे क्या? उसले भन्यो नहि हमको क्या मतलब नेपालके बारेमे अफना काम किया होगया, हम अपने देशके बारेमे मतलब राख्ते हेना ! यो सुनेर कम्ता रिश उठेन तर के गर्ने...त्यस्सै चुप भए र त्यति बेला चाउमिन बनेर टेबूलमा आयो र त्यो खान थाले।




त्यो होटेलको साहुजी नेपालकै रहेछ, मैले बोलेको बैतडेल्ली भाशा पनि बुझ्दै थियो सायद सुदुरपश्चिमतिरै को त होइन? तर तिनको छोरा ति अगाडी बसेका इण्डियनहरु खुब हिन्दीमा कुरा गरिरहेको थियो। भन्दै थियो नेपाल मुझे अच्छा नहि लग्ता, मे मोदि जि का फ्यान हुँ अनि उनकि आमा पनि खुसि भए जस्तै गरि नेपाल आमाकि होईन भारत माताकि जय बोल्ता हे ये। अनि मलाइ ति आमादेखेर अत्ति रिश उठ्यो आफ्नो छोरालाइ नेपाली सिकाउनुको साटो के खुसि भएकी होली, देश द्रोहि भनेर मनमनै सोचेर र चाउमिन पछि चिसो (माउन्टे ड्यु ) खाएर पैशा दिएर त्यो होटेलबाट हिडे।
धडिमा ३ बजिसकेको थियो अब का जाने मनमनै सोचे?, भयो अब थाकियो पनि लागौ कोठा तिर भने साइकलको गति बढाए र लागे कोठा तिर...।।। साइकलमा यात्रा गर्दा मेरो दाया तिर पहाड देखिरहेका थिए , अत्ति सुन्दर जान मन लागीरहेको थियो तर एक दुइ तस्बिर लिए र लगातार गुडिरहे।
म त्यो बेला अगाडी आउने बेला आएको बाटो भन्दा अर्कै बाटो बाट फर्कदै थिए। बाटो पिच थियो कहा पुगिएला र जाउ न भन्ने सोच मनमा थियो।








त्यतिक्कैमा मटेना भन्ने ठाउ पुगियो र झ्याप्पै मेरो नजर एउटा सडक बोर्ड तर्फ पर्यो, लिखिएको थियो, प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल झिलमिला ताल जाने बाटो। अनि तल तिर झिलमिला 8 K.m |
यस्सो अहिले सम्म कहिल्लै नगएको र जान मन अत्ति लागेको थियो।  

त्यो बेला पनि जान मन लाग्यो। साइकलमा 8 K.M. को दुरु धेरै होइन पुगिहालौला भन्ने मनमा आयो र मोडे खुसि हुदै साइकल झिलमिला तिर।
साइकल झिलमिला तिर गुडिरहेको थियो मेरो मनमा अनेकौ कौतूहल जागिरहेको थियो, कस्तो होला त्यो ठाउ? आज त नया ठाउमा पुगिने भयो भनेर मन भाव बिभोर भइरहेको थियो। केहि छिनमा एउटा धना जँगल आयो। गर्मि भइरहेको थियो मैले त्यहि साइकल रोके र अलिकति हावा खाए।  अनि फोटो खिच्न मन लाग्यो र केहि फोटोहरु पनि लिए। 






प्रोसिस त्यहि अघिको टाइमर वाला😂😂😂 मलाइ अहिले त फोटो भन्दा पनि कति बेला झिलमिला पुगौ लागि सकेको थियो । र अरू कुरामा समय खर्च नगरि  मैले साइकिल गुडाइ हाले।  केहि छिनमा एक किलोमीटर दुरि पार गरेको बोर्ड देखियो मनको खुसि अझै बढ्यो। केहि छिनमा त सडक उकालो पो आयो त अब त साइकल नचढ्ने भयो माथि। 

अब के गर्ने टेनसन भयो, म तेर्सोनै होला साइकलमा पुगिएला भनेर आएको झिलमिला त पहाडमा पो रहेछ र त्यहा पुग्न त्यो पहाड चढ्नु पर्ने? फर्किने मन पनि पटक्कै लागी रहेको थिएन। अव म सँग त्यो उकालो हिडेर चढ्नू बाहेक कुनै बिकल्प थिएन, त्यो त ठिकै थियो तर साथमा साइकलपनि थियो आफु त हिड्न पर्थ्यो त्योलाइ पनि हातले डोर्याएर लैजान पर्यो, के गर्ने त्योलाइ पनि छोडेर जान मिलेन। 

जे परे पर्ला सोचेर म लागे साईकल डोर्याएर त्यो उकालो तिर सडकै सडक। मनमा एक प्रकारको खुसि भइरहेको नया ठाउ देख्न पाइन्छ भने फेरि दुखि पनि त्यतिक्कै थिए ८ किलोमीटर हिडेर म कति बेला पुग्ने हुँ भन्ने । जति जति माथि पुग्दै गए म त थाक्दै गए, गर्मिले पशिना भएर म त निथ्रुक्कै पो भिजिसकेछु। बल्ल दुइ किलोमीटर दुरि पार गरे।

 अनि हिड्नै नसकिए पछि अलिकति बसेर आराम गरे। सोचे, मेहनत नगरे का पाइन्छ र मिठो फल। बिना सँघर्ष मिलेको खुसिको के महत्व भयो र जव कुनै कुराको लागी मेहनत र परिश्रम गरिन्छ अनि सफल भइन्छ भने त्यो पो अविस्मरणीय हुन्छ। अव मैले जसरी भए पनि पशिना बगाएर त्या पुग्नै पर्छ अनि पो साचिक्कैको खुसि मिल्छ भन्ने लाग्यो। र त्यहि अठोट र जोश लिएर म साइकल हात डोर्याउदै अगाडी बढे। पशिनाले शरिर पुरै पानिले भिजे जसरी निथ्रुक्कै भिजिसकेको थियो, भएको रुमाल पनि भिजिसक्यो अव मलाइ मनमा केहि सोचेन कि मात्र सोचे मैले झिलमिला पुग्नू छ। 
हिड्दा हिड्दै कस्तो जँगलको बाटो रमणिय, कन्चन हावा कुनै कुनै बेला, चराहरुको आवाज वाह लागेको थकान पनि मेटाइ दिन्थ्यो एक्कै छिनको लागी त!
हिड्दै बस्दै घुम्तिहरु मोड्दै ४ किलोमीटर पार गरिसकेछु पत्तै भएन अनि पुगे एउटा मन्दिर भएको ठाउमा। त्यहा एउटा सायद कोहि बाबा होलान उहाको कुटिया पनि थियो| त्यहा अलिकति आराम गरे फोटो लिन कहा कमि गर्थे र म साइकल-साइकल मिलाइ ठ्याक्कै ४/५ ओटा तस्बिर खिचे र अनि अगाडी बढे ।








 जति जति अगाडी बढ्थे म त थाकेर खत्तम भइसकेको थियो त्यसैमा कतिबेला कतिबेला घाम लाग्थ्यो र झन्नै रिँगटा लाग्थ्यो। नभन्दै ५ किलोमीटर पनि पार गरे तर अब त्यो भन्दा माथि त जानै नसकिने भयो थाकेर लुथ्रुकै भए। फर्किन पनि लाग्यो। तर फेरि सोचे🤔  आधा भन्दा बढि बाटो पार गरि सके अब फर्क्यो भने त भएन, जति समय मलाइ यताबाट फर्केर जान लाग्छ त्यो भन्दा कम समयमा त म गन्तव्यमा पुगिहाल्छु नी।  म गन्तव्यमा पुग्नु बाट म कति डराएको यसरी का कसरी सफल भइन्छ र। भन्ने सोच मनमा आयो र आज जसरी पनि म गन्तव्यमा पुगेरै छोड्छु भन्ने भयो। अनि यहि साहास र जोश लिएर फेरि हिडे म साथमा साइकल डोर्याउदै उकालो चढ्दै, घुम्ति मोड्दै...।।।




एक सुरले हिड्दै थिए, मनबाट बाकि सब हटिसकेको थियो केवल थियो त मैले जसरी पनि झिलमिला पुग्नु छ, कुनै बेला दुरबाट हावा उछिट्टिदै आउथ्यो र पुरै जँगल हल्लाउथ्यो अनि मलाइ भने शितल हुन्थ्यो अनि बिर्सिन्थे सब थकान र अनि एक सुरले हिडिराख्थे। नभन्दै पिच गरिएको सडक सकियो र अब आयो ग्राभेल बाटो लाग्यो बाटो बन्दै रहेछ बिस्तारै लगभग ६ किलोमीटर बाटो बनिसकेको थियो अब २ किलोमीटर त बच्यो छिट्टै बन्नेछ भन्ने मनमा आश आयो।

यस्ता ऐतिहासिक पर्यटकिय क्षेत्रहरुकै बिकाश गर्न सके हो हाम्रो देशको उन्नति हुने यसमा जे होस सम्बन्धित निकाय लागिरहेको छ मनमनै खुसि महसूस गर्दै म अगाडी बढे। अब बाटो अलि कठिन कठिन आउदै गरेको थियो, बाटोमा हिलो, ढुङ्गा, पहिरो थियो तै पनि म कत्ति जोश कम नगर्दै हिडिरहेको थिए। यतिक्कैमा एउटा मोटरसाइकल आयो अगाडी बाट र मैले बाटो छोडे। एउटा कुरा मेरो कानमा गुन्जियो, "यो कस्तो पागल रहेछ यार हेर न साइकल लिएर आया छ यत्ति टाढा, त्यो पनि डोर्याउदै अनि एक्लै" यत्ति भनेर अनि जोरले हास्नु भयो र जानु भयो। यो ति मोटरसाइकलमा चढेकाहरुले बोलेका थिए।
मैले मनमनै भने, कहिले काहि जिन्दगीमा पागलपन, सँघर्ष नगरे पनि के मज्जा भयो र म पागलनै ठिक छु। यत्ति भन्दै म फेरि लगातार अगाडी बढे। कस्तो अनकोन्ठार, घनाघोर जँगल, जँगलबाट कहिले काहि कन्चन हावाले पात हल्लेको आवाज र चराहरुको सानो सानो चिरबिर बाहेक बस मेरा पाइलाहरु र साइकलको गुडाइको मात्र आवाज सुनिरहेको थिए। कुनै कुनै बेला डर लाग्थ्तो जँगली जनावर त आउने होइनन अगाडी भन्ने तर झिलमिला पुग्दैछु भन्ने दिमागमा आउदा सब डर, थकान बिर्सिन्थे।





 त्यतिक्कैमा एउटा सानो कुण्ड आयो र म त यहि हो झिलमिला भन्दै झस्किए तर होइन रहेछ त्यो त हिजो अस्ति लागेको पानि भरिएर बनेको रहेछ। अनि अगाडी बढे । अगाडी त १ / १ किलोमीटरमा बोर्डहरु राखिएका थिए र अब यत्ति बाकि छ भन्दै अडकल्दै आउनु लाइ हुन्थ्यो तर अब केहि थिएन, थियो त केवल धना साघुरो बाटो, बाटो पनि हिलोले भरिएको अनि त्यो घनाघोर जँगल। जति बेला पुगियो पुगियो सोचिन्थ्यो तर अझ हिड्नै पर्थो।  बेला बेलामा श्रिमान-श्रिमती, प्रेमि-प्रेमिका, साथिहरु झिलमिला पुगेर आउनेहरु मोटरसाइकलमा फर्किरहेका थिए र मलाइ देखेर के के काने खुसि गर्थे थाहा हुदैनथ्यो।

अरुले जे गरुन तर मेरो ध्यान भने कति बेला झिलमिला पुगु भन्नेमा थियो। एक्कै छिनमा बिचबाटोमा एउटा बाइक रोकेको देखे अनि माथि बाट केहि मान्छेहरु कुरा गरिरहेको आवाज पनि आयो। मैले त्यो बाइक भएको ठाउ निर  डोर्याउदै गरेको साइकल राखे र केहि आराम गर्छु भनि उब्भिए , त्यहि बेला माथि बाट ३ जना अधबैसे मान्छेहरु कुरा गर्दै आइरहेका थिए र एक्कै छिन मेरो सामुन्ने पुगे। एउटाले ब्याँग्य गर्दै लौ हेर भाइ त हिरो होन्डा बाइक लिएर पो आएछ। यो झटारो मेरो साइकललाइ थियो ।

मैले हासे अनि केहि बोलेन। अनि फेरि सोध्यो भाइ कता झिलमिला जाने हो। हो दाइ अब कति लाग्छ नि त्या पुग्न ? मेरो प्रश्न। उहाले भन्नु भयो अलि छिटो हिड्यो भने आधा घण्टामै पुग्छौ यार तर तिमि साइकल लिएर आयौ चाहि कसरि यार यस्तो उकालोमा। मैले भने डोर्याउदै लिएको दाइ तेर्सो आयो भने चलाउथे नत्र हातले डोर्याएर लिएको । हो र लौ धेरै मिहेनेत गरेछौ यार जाउ जाउ अत्ति रमाइलो छ हामि पनि २०३२ सालमा बाट यो उमेरमा पुगेर गयौँ अत्ति रमाइलो छ। मैले पनि भने त्यहि भएर त आएको दाजु  धन्यवाद है भने। अनि फेयि सोध्यो, आज यतै बस्ने हौ र भाइ? मैले भने होइन दाजु म अहिले नै फर्किनु पर्ने हो। ए टाइम भएन भने पनि त्या बस्ने ठाउ पनि छ चिन्ता नगर लु जाउ हामि पनि लाग्छौ भने र ति त्यहा बाट बिदा भए।

अनि म पनि आधा घण्टा लाग्छ भन्ने कुराले उत्साहित हुदै अगाडी बढे। अब त पुग्नै लागे भन्दै मनमा कस्तो होला,  भन्ने कौतुहलले पिरोलिरहेको थियो। नभन्दै हिड्दै हिड्दै एउटा ठाउमा पुगे त्यहा ४/५ ओटा बाइक पार्क गरिएको थियो र केहि मान्छेहरु बसेर चुरोट पिउदै थिए। म कोहि सँग बोलिन माथि बोर्ड देखे अनि थाहा पाइहाले यता बाट हिड्नु पर्ने हो, बाइक, साइकल पार्क गरेर।  म त हिडेरै आएको थिए तर बाईक वालाहरु त्यहा बाइक पार्क गरेर, त्यहा बाट हिडेर जाने रहेछन। त्या माथि अत्ति ऊकालो गार्भेल बाटो रहेछ। मेरो साइकल पनि अब त्यो भन्दा माथि त नजाने भयो र मैले पनि साइकल त्यतै पार्क गरेर । लागे माथि तिर ।







अझ कति हिड्नू पर्ने हो मनमा पिरोलि रहेको थियो किनकि बेलुकाको लगभग ६ बज्नै लागी सकेको थियो। तर त्यो भन्दा बढि ऊत्साह त्यहा पुग्ने थियो। १० मिनेट हिडेर माथि पुग्दा एउटा बोर्ड आयो। लेखेको थियो। Welcome to Jhilmila🦋😘😘




खुसिले गदगद भए नभन्दै झिलमिला ताल देखिई हाल्यो। वाह कति सुन्दर। यहि शब्द मेरो मनबाट १००० पटक निस्क्यो होला। त्या नजिकै दुइ छाप्रा थिए अना मन्दिर पनि थियो। म सँग समय थिएन र म सिधै ताल भएको ठाउमा गए। त्यहा बेलुकाको समय भएर होला कोहि थिएन, घुम्ने अवलोकन गर्ने मान्छे। र नभन्दै म तालको किनारमा पुगे।

वाह !!! कति सुन्दर, कति कन्चन पानि, चारै तिर बाट डाडाहरुले घेरेको बिचमा ताल, वरिपरि हरियाली जँगल , कसरि बयान गरु शब्दनै भेट्टाएन। लाग्यो म आज स्वर्गमै पुगेको छु। हुन त स्वर्गको एक टुक्रा त हो हाम्रो नेपाल। यत्ति भन्दै दिन भरि फोटो खिच्दा खिच्दै चार्जनै सिद्दिन लागेको मोबाइल झिके। चार्ज जम्मा 18 प्रतिशत थियो।
  र मन नमरुन्जेल त्यो तालको किनारै किनार हिडेर बिभिन्न एँगलमा तस्बिर लिए।













अनि आफ्ना पनि टन्नै फोटोहरु खिचे। के गर्ने कोहि साथमा थिएन त्यहि भएर सेल्फि मात्रै लिए। अगाडीको गरेको टाइमर सिस्टम त्यहा काम लागेन। जति हेर्यो त्यति हेरौ हेरौ लागीरहेको थियो। तर म सँग समय कम थियो साढे छ बजिसकेको थियो अनि फोटो खिच्दा खिच्दै मोवाइलमा चार्ज ३% मात्र बच्यो।












 झिलमिला हेरेर मन त भरिएको थिएन जति हेरे पनि हेरौ हेरौ, यहि प्रकृतिमा रमाइरहु लागीरहेको थियो तर के गर्ने समयले आफ्नो गति रोकेर त्यो अनुमति दिन चाहेन र मैले फर्किनु पर्यो। त्या बाट माथि आए र त्यहा एउटा दान पेटिका राखेको थियो, मैले पनि आफुसँग भएको केहि पैसा त्यसमा राखे र फर्किनलाइ माथि आए। समय अभावकारण मन्दिरमा र ति छाप्रोहरुमा पुग्न पाएन। मलाइ त्यो ठाउ छोडेर जान पटक्कै मन थिएन र माथि डाडोमा पुगे पछि फेरि त्यो ३ प्रतिशत चार्जवाला मोवाइल निकाले र माथि बाट त्यो सुन्दर स्वर्गको फोटो खिच्न थाले ।

 आफ्ना पनि त्यो स्वर्गसँगका सेल्फि लिए र चार्ज त सकिएर १ प्रतिशत पुगिहाल्यो। लौ अब जानु पर्यो भनेर मोवाइल स्विच अफ गरे र फर्किहाले। अब मलाइ महेन्द्रनगर पुग्नु पर्ने थियो समय साढे छ भन्दा माथि पुगि सकेको थियो। दगुर्न थाले न भन्दै 7 मिनेटमा साइकल पार्क गरेको ठाउमा पुगे। राति हुन लागेको थियो त्यहा मान्छे कोहि थिएनन अव त अली अलि डर लाग्न थालेको थियो। साइकल समाएर म त्या बाट हिडिहाले ।






बाटो अल्लि ओरालो र तेर्सै थियो र म साइकलमा चढेर कुदाइ हाले। अब मलाइ त्यो ढुँगाहरुमा साइकल पेन्चर पो हुने हो कि डर लाग्दै थियो त पनि तेर्सोमा साइकल चढेर अनि धेरै ओरालोमा डोर्याएर पिच भएको बाटो सम्म पुगे। बाटो काम बाट घर फर्किनेहरु भेट्टिएकाले त्यति डर लागेन  फर्किने बेला त। अव पिच भएको ठाउ बाट त साइकलमा चढेर चलाउन थाले तर ओरालो भएकाले साइकल आफै हुइकिन्थ्यो म ब्रेकलगाएर रोक्न खोज्थे। यसरी नै बिस्तारै बिस्तारै ल्याए तर कुनै ठाउमा त अत्ति ओरालो हुन्थ्यो र साइकलको ब्रेकनै टुटने डर हुन थाल्यो। अनि एउटा खुट्टा भुइमा बिसाउदै ब्रेक टाइट लगाएर  अगाडी बढे। कुनै ठाउमा त ओर्लिनू पर्ने पनि हुन थाल्यो धेरै ओरालो हुन्थो कन्ट्रोलनै गर्न सकिदैन थ्यो। यति भन्दा भन्दै म 6 किलोमिटर अगाडि आइसकेको थियो र घडिमा साढे सात बजि सकेको रहेछ।



अनि मैले अब जे पर्ला पर्ला सोचे र साइकलमा चढे र साइकल कुदाए अगाडी जत्ति ओरालो थिएन र कन्ट्रोल गर्न सके।कुनै कुनै बेला त मेरो साइकलको स्पीड बाइक जतिक्कै पुग्थ्यो अनि न भन्दै मटेना पुगियो। अझ मैले साइकलमा कम्तिमा पनि 45 मिनेट 10 घण्टा गुड्न पर्थ्यो र आफ्नो क्षमताले भ्याए सम्म साइकल कुदाए र पौनि नौ बजे महेन्द्रनगर नगर बसपार्क पुगे। भोक अत्ति लागेको थियो अलिकति नास्ता गरि हाले र ९ बजे बल्ल आफ्नो कोठामा पुगे...।।

Comments

Popular posts from this blog

बलत्कारको कारण : पहिरन की सोचाइ???

नेपाली कविता || बेश्या || पुस्पा जोशी "काली"