Posts

तस्वीर सहित - Covid-19 का लक्षण, बच्नेउपाय र अन्य सुझावहरु साथमा बिबिध जानकारी सहित - सेयर गर्नु होस।

Image
-प्रमोद ठगुन्ना "प्रयुश"/कन्चनपुर अहिले बिश्व "कोरोना भाइरस (Covid-19) को चपेटामा छ। बिश्वका करिब 162 + देशहरुमा यस्ले आफ्नो दुस्प्रभाव देखाइसकेको छ। चिन बुहान प्रान्तबाट सुरु भएको यो भाइरस बिस्तारै बिश्व भर तिब्र गतिका साथ फैलिएको हो। पहिला युरोपियन देशहरुमा तहल्का मच्चाएको Covid-19 ले बिस्तारै अब दक्षिण एसिया पनि प्रभाव देखाउन थालेको छ। सार्क देशहरुको Covid-19 सम्बन्धि यो बिवरण हेर्नुहोस। बिश्व स्वास्थ्य सँगठनले निकालेको कोरोना प्रभावित देशहरको स्थितिमा नेपाललाइ अहिले सम्म सुरक्षित राष्ट्र भनेर भने पनि सावधानी नअपनाएको खण्सडमा ले छिट्टै आफ्नो रँग जमाउनेमा दुइ मत छैन। अब हामि लागौ Covid-19 का लक्षणहरु के के हून त? १)    सङ्क्रमणकाल मानिसको शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ। त्यसलाई इन्क्युबेशन पीरीअड अथवा सङ्क्रमणकाल भनिन्छ।त्यो बेला भाइरसहरूले तपाईँको शरीरमा कोषभित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिने गर्छन्। यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईँले सास फेर्दा कोरोनाभाइरस (औपचारिक नाम Sars-Cov–2) शरीरमा पस्न सक्छ। तपाईँक

पसिना बोकेर अनि देशको खजना बोकेर || उडेको छ खाडि तिर जहाज सपना बोकेर

Image
©प्रमोद ठगुन्ना "प्रयुश" √बैतडी पसिना बोकेर अनि देशको खजना बोकेर  उडेको छ खाडि तिर जहाज सपना बोकेर प्रेमले मात्र देशभित्र चलेन मेरो परिवार भनी गयो प्रवास ऊ धन कमाउने सम्भाबना बोकेर जब एक युवा प्रेमको प्रस्ताव गर्छ यूवतीलाई निर्णय सून्न धाईरहनू पर्छ प्रस्तावना बोकेर तिमिले त राम्रो भेट्टायौँ, फर्कि नहेरि गयौँँ अझै तिम्रा यादहरु आउछन सम्झना बोकेर ©प्रमोद ठगुन्ना "प्रयुश" √बैतडी

नेपाली कविता || बेश्या || पुस्पा जोशी "काली"

Image
📝 पुस्पा जोशी "काली" धनगढी  बेश्या हरेक रात मेरो शरिरको नापतौल हुन्छ मूल्य तोकिन्छ मेरो शरीर बेचिन्छ अनि,मेरो न्वारन पनि गरिन्छ नाम राखिन्छ बेश्या प्रत्येक दिन मेरो न्वारन हुन्छ नाम तेहि जुर्छ बेश्या ग्रह,दशा,नक्षत्र कहिल्यै बद्लिदैनन  प्रत्येक दिन नाम बेश्या नै हुन्छ अब त मेरो नाम राख्ने पन्डितलाइ नि सजिलो भैसक्यो जति न्वारन गरे नि नाम तेहि बेश्या सायद पन्डितलाइ त्यो नाम कन्ठ भैसकेको हुनुपर्छ र त उनलाइ मेरो नाम राख्न केही सोच्नु पर्दैन किन कि ग्रह,दशा,नक्षत्र सब पन्डितले चाहे जसरी नै चल्छन  नत्र भने मेरो नाम अरु पनि त जुर्न सक्थ्यो? बारम्बार तेहि नाम कसरी दोहोरिन्थ्यो? मेरो नाम बेश्या राख्ने तिनै पन्डितहरु हरेक रात्री आफ्नो यौन तिर्खा मेटाउन  मेरो ओछ्यान नै रोज्छन मेरो शरीर सङ्ग लडिबुडी खेल्छन  मलाइ नग्न बनाउछन मानौ म कुनै खेलौना हो चिल्ला गाडिमा आउछन तिर्खा मेटाउछन जान्छन उनिहरुको समाजमा मान,इज्जत,प्रतिस्ठा छ  उनिहरु यो समाजका सभ्य ,भलाद्मी मान्छे अ