त्यो बेला साइकलमा झिलमिला पुग्दाको संघर्ष र आन्नद....।
Mr_Pramod24/Mahendranahar, Kanchanpur मिति २०७६ साउन ११ गते एका बिहानै मोबाइल खेलाइ रहेको थिए म अनि बाहिर पानि परिरहेको थिए। महेन्द्रनगरको गर्मि केहि छिनलागी भए पनि पानिले कम महशूस गराइरहेको थियो। त्यतिक्कैमा टुप्लुक्क भाइ रोहित कोठामा पुग्यो र भन्यो, "दाइ - आज मौसम चिसो अनि रमाइलो छ यार कतै जाऊँ न?" त्यति बेला पानि थाकेर आकाशमा बादललागेर मौसम अत्ति रोमान्टिक भइरहेको थियो। तर कता जाने भन्ने टुँगोलागेको थिएन। अनि मैले जाउ न भाइ के छ र, उसैमा म घुम्न खुब मन पराउने मान्छे बेला बेला एक्लै पनि हिडिराखेको हुन्थे। जाउ न त दाइ भन्दै त्यो खाटमा बस्यो र रमेश सँग free fire गेम खेल्न लाग्यो। जाउ भने पछि जाउ दाइ मात्र भन्ने तर नउठ्ने त्यस्तो गर्दा गर्दै १० बजि हाल्यो, त्या बाट न म नै तयार भए जानलाइ न त्यो नै। करिव ११ बज्नै लागेको होला सायद मलाइ ब्रहदेव जाने मन लाग्यो। तेता एक पटक गएको पनि थिए अगाडी। महाकाली नदिको छेउ बाट तस्बीर हरु अत्ति राम्रा आऊथे, अनि अगाडी खिचेका सब्बै तस्बीर पनि उडेका थिए। त्या जाउ फोटो खिचौ भन्ने सोच आयो मलाइ फोटोग्राफी गर्न पनि अत्ति मन पर्छ। भाइ रोहि...