बलत्कारको कारण : पहिरन की सोचाइ???
✍️ प्रमोद ठगुन्ना "प्रयुश" पाटन -५, बैतडी सुरुवातनै कसरी गरौ शब्दनै आइरहेका छैनन, किनकी जुन बिषयमा म आज कलम चलाऊदै छु - त्यसले मलाइ म पुरुषहुनुमा नै लज्जा बोध गराएको छ। बलत्कार...!!! के पुरुष हुनुनै बलत्कारी हुनु हो र? होइन भने पुरुष भन्दा बलत्कारी किन बढि रहेका छन त? तपाइ पुरूष, बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ? के बलत्कार गर्नुनै पुरुषार्थ सम्झिनु हुदै हुनुहुन्छ? यि प्रश्न जब म आफैलाइ गर्छु पुरुष भएर जन्मिनु नै पाप गरेछु जस्तो लाग्छ। मलाइ मात्र होईन यो ति सब्बै पुरुषहरुलाइ लाग्छ, जो पुरूष भएर जन्मिएर मात्रै समाजको सोचमा बलत्कारीको उपमा भेर्न बाध्य भएका छन, कारण केहि पुरुष रुपि राक्षस बलत्कारीहरूले पुरुष शब्दकोनै बदनाम गरिदिए। तपाइलाइ लाग्ला सब्बैलाइ एकै किन सोच्छन त महिलाहरु ? हामिले त गरेका छैनौ? तपाइले एउटा उखान त सुन्नु भएकै होला, "अगुल्टाले हानेको कुकुर, बिजुली देख्दा नी चम्किन्छ।" बलत्कार गर्ने पुरुष, हामि पनि पुरुष अनि कुन पुरुषले कति बेला के गर्छ के थाहा त, कसरी चिन्ने? पिडित हरुले यस्ता घटनाहरु पनि भोगि सके कि आफ्नै, ससुरा, श्रिमान आफन्त ब...